हिमाली पाखैमा

हिमाली पाखैमा -2
जाउँ है सबै भोले के साथैमा -2

बैकुण्ठका विष्णु आए ब्रह्मलोकका ब्रह्म-2
हामी पनि सँगै जाउँ भेला भई जम्मा-2

हिमाली पाखैमा -2
जाउँ है सबै भोले के साथैमा -2

स्वर्गबाट इन्द्र आए यमलोकका यम -2
नन्दी भृङ्गी नाच्न थाले सबै छम छम-2

हिमाली पाखैमा -2
जाउँ है सबै भोले के साथैमा -2

लौन हेर कति राम्रा हाम्रा शंकर भोले -2
शिव शिव भन्दै हिँड्छन् डोली बोक्ने डोले-2

हिमाली पाखैमा -2
जाउँ है सबै भोले के साथैमा -2
हिमाली पाखैमा -2
जाउँ है सबै भोले के साथैमा -3

चक्रपाणि सापकोटा

श्रेणी
download bhajan lyrics (12 downloads)